इन्टरनेटमा भाइरल हुँदै यी बालिका

Class 5

काठमाडौँ । संगीत मानिसको आवाज वा धुन निकाल्ने एक कला हो। संगीतमा ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ ।

नेपाली संगीतलाई आफ्नो मधुरता,लयबद्धता र विविधताको प्रतीकको रुपमा लिने गरिन्छ। संगीतमा कुनै वर्ग हुदैन, कुनै जात, धर्म हुदैन र उमेरको हद हुदैन । आजभोली नेपालमा बालक देखि बृद्धसम्म नै संगीतको क्षेत्रमा अग्रसर भएका छन ।

काठमाडौँको टाइमलाइन स्कुलमा कक्षा ५ मा अध्ययनरत बालिका आयुष्मा राईको संगीतमा रुची बालापनदेखि नै थियो ।

सानै उमेरदेखि संगीत सिकेकी आयुष्मा बिहान घरमा रियाज गर्ने गर्छिन भने स्कुलमा समेत संगीत सिक्ने गर्छिन ।

निकै नै सुमधुर स्वरकी धनि आयुष्मा क्लासिकल संगीत प्रति बढी आकर्षित छिन । जिल्लास्तरीय गायन प्रतियोगितामा प्रथम भएकी आयुष्मा भविष्यमा राजेश पायल राई जस्तै गायक बन्न चाहन्छिन । संगीत संगै उनी नृत्य र चित्र बनाउन पनि त्यत्तिकै रुची राख्छिन ।

उनका संगीत गुरुले उनको मिहेनत र सफलतालाई कदर गर्दै यसलाई निरन्तरता दिन सके निकै नै उज्ज्वल भबिष्य रहेको बताए । आफुले आयुष्मालाई हरसक सहयोग गर्ने समेत उनले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...