खड्कालाई बर्खास्त नगर्न आन्तरिम आदेश
खड्का भन्छन्, मलाई सर्वाेच्चले न्याय दियो
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई निगमको प्रमुखबाट बर्खास्त गर्ने सरकारी निर्णण कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले आन्तरिम आदेश दिएको छ ।
जग्गा खरिद लगायतका अनियमिततामा मुछिएपछि आयल निगमका कार्यकारी निर्देशक खड्कालाई २ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले हटाएको थियो ।
आयल निगमले पेट्रोलियन भण्डरणका लागि जग्गा खरिद गर्दा अनियमिता भएको ठहर गर्दै संसदीय समितिहरुले कारबाहीका लागि निर्देशन दिएको थियो ।
त्यसविरुद्ध खड्काले पुनर्बहालीको माग गर्दै सर्वाेच्चमा रीट दायर गरेका थिए । खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो ।
सर्वाेच्चले सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि खड्काले आफुलाई सरकारले गरेको अन्यायविरुद्ध न्यायलयले न्याय दिएको बताएका छन् । ‘न्यायालयले बुझेर फैसला गरेको छ,’ उनले भने, ‘यो स्वागतयोग्य छ ।’
उनले सर्वोच्चको आदेशले आफूलाई राहत मिलेको प्रतिक्रिया दिएका छन् । पेट्रोलियम भण्डारण विस्तारका लागि असल नियतले गरेको काममा अवरोध गर्न आफूलाई बर्खास्त गरिएको उनले बताए ।
प्रतिकृया दिनुहोस