लोकतान्त्रिक गठबन्धनको काम सुरु
लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन आह्वान
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बन्न लागेको लोकतान्त्रिक गठबन्धनले कार्यदललाई पूर्णता लिएर काम सुरु गरेको छ ।
६ पार्टीबाट सात सदस्यीय कार्यदल गठन गर्ने बुधबार भएको सहमतिअनुसार गठबन्धनका विविध पक्षबारे छलफल सुरु भएको हो । बिहीबार औपचारिक बैठक बस्न नसके पनि उम्मेदवारी चयन, घोषणापत्र लेखनलगायका विषयमा छलफल भएको कार्यदल सदस्य विक्रम पाण्डेले जानकारी दिए ।
कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, राजपाबाट सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरमबाट रामसहाय यादव, नेपाल फोरम लोकतान्त्रिकबाट गोपाल दहित, राप्रपा प्रजातान्त्रिकबाट बुद्धिमान तामाङ र राप्रपा नेपालबाट बिक्रम पाण्डे छन ।
कांग्रेसले वामपन्थी गठबन्धनमा सहभागी नभएका दलहरुलाई लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन आह्वान गरेको छ । केन्द्रिय कार्य सम्पादन समितिको बैठकले दलहरुलाई लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन अपिल गरेको हो ।
बुधबारदेखि सुरु भएको कार्य सम्पदान समितिमा पछिल्लो राजनीतिक घटनाक्रम र चुनावी रणनीतिबारे छलफल भएको नेतहरुले जनाएका छन् । उम्मेद्वार चयनको मापदण्ड र चुनावी तालमेलबारे छलफल गर्न कांग्रेसले शुक्रबार बिहान केन्द्रिय कार्य समितिको बैठक बोलाएको छ ।
प्रतिकृया दिनुहोस