पाकिस्तानी धार्मिकस्थलमा आत्मघाती आक्रमण, तेह्र जनाको मृत्यु

Bagdad

 क्वेटा, पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम राज्य बोलिचिस्तानमा रहेको सुफी मुश्लिम धर्मावलम्वीको पवित्रस्थल नजिकै बिहीबार एक जना आक्रमणकारीले आत्मघाती हमला गर्दा कम्तिमा १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।

घटनामा २० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

बोलिचिस्तानको गान्दवा क्षेत्रको झाल माग्सी जिल्लामा रहेको उक्त धार्मिकस्थल इरान र अफगानिस्तानको सीमा क्षेत्र हो ।
मस्जिद बाहिर सुरक्षार्थ खटिएका प्रहरीले आक्रमणकारीलाई मस्जीद परिसरमा पस्न रोकेपछि एक मस्जीद बाहिरै विस्पोट गराउँदा प्रार्थनाका लागि मस्जीद हिँडिरहेका र प्रार्थना गरी फर्कदै गरेका १३ जना गाउँलेहरूको मृत्यु भएको र २० जना घाइते भएको, स्थानीय वरिष्ठ सरकारी अधिकारी असाद ककारले एएफ्पीलाई बताए।
–––

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...