महासंघबाट दुःख व्यक्त

काठमाडौँ । नेपाल पत्रकार महासंघले महासंघका निवर्तमान केन्द्रीय सदस्य प्रकाशविक्रम शाहका भाइ करनको असमायिक निधनमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

करणको यही असोज १४ गते २६ वर्षका उमेरमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।

महासंघका महासचिव रमेश विष्टद्वारा आज जारी विज्ञप्तिमा महासंघका पूर्व केन्द्रीय सदस्य नवराज महताराकी श्रीमती पिउलीको उपचारका क्रममा वीर अस्पतालमा यही असोज १५ गते निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

यसैगरी महासंघ रुपन्देहीका पूर्वअध्यक्ष शेरबहादुर केसीका पिता तुलबहादुरको यही असोज १४ गते ७७ वर्षको उमेर तथा रोल्पा शाखाका अध्यक्ष मानसिंह विकका पिता लक्षुमनको ७४ वर्षको उमेरमा निधन भएकामा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...