देउवा र दाहालबीच राजनीतिक कुराकानी

वर्तमान गठबन्धन कायम राख्न काँग्रेसको प्रस्ताव

Du777

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वामपन्थी दलबीच तालमेलको चर्चा चलेकै बीचमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच कुराकानी भएको हो ।

काँग्रेसले वर्तमान गठबन्धन कायम राखेर निर्वाचनमा जान माओवादी केन्द्रसँग प्रस्ताव गर्दै आएको छ । तर माओवादी केन्द्रले नेकपा एमालेसँगको तालमेल र पार्टी एकताका लागि वार्ता अघि बढाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार दुई शीर्ष नेताबीच आपसी छलफल भएको तर आफूलाई विस्तृत जानकारी नभएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...