सीमा रक्षक यादव भारतीय प्रहरीको नियन्त्रणमा

Dev1111

कञ्चनपुर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनका छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेर अपहरणको मुद्दा चलाएको छ ।

सिमावर्ती भारतीय बजार कुनौलीबाट आफ्नो छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोहि बिषयमा बुझ्न गएका देवनारायणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई भारतको सुपौल जिल्लाको वीरपुर थानामा राखिएको छ ।

गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाँध्न आएका भारतीयको प्रतीकार गरेका सीमा रक्षक यादवलाई भारतीयले निगरानीमा राख्दै आएका थिए ।

उनीमाथि अहिले झुठो आरोपमा अपहरणको मुद्दा लगाइएको स्थानीयको दाबी छ ।

देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिहे गरेका छन् । केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि बाबुछोरालाई पक्राउ गरेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाई छ ।

तर तिलाठीका बासिन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षड्यन्त्रका रुपमा लिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...