बलात्कारको अभियोगमा एक युवक पक्राउ

दमक । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्लाको शिवसतासी नगरपालिकाबाट एक जना युवक पक्राउ परेका छन् ।

पक्राउपर्नेमा शिवसतासी–७ का २९ वर्षीय नन्दलाल भुर्तेल रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पीडितका आफन्तले दिएको उजुरीका आधारमा भुर्तेललाई तीन दिनअघि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेकोे इप्रका झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।

अनुसन्धानका क्रममा भुर्तेलले आफ्नो गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...