सयौँ यात्रु बिच बाटोमै अलपत्र

Palpa highway14

रामपुर, पाल्पा । पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबा सडकखण्डमा सडक अवरुद्ध भएको छ । सो सडकको विद्युत् लाइन ड्याम नजिकै पहिरो खसेपछि गएरातिदेखि नै बाटो अवरुद्ध बनेको हो ।

शुक्रबार साँझ परेको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि बाटो अवरुद्ध बनेको छ ।
बाटो अवरुद्ध भएपछि दशैं मनाउन घर जान लागेका सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।

पहिरो हटाउनका लागि डोजर, स्काभेटर प्रयोग गरिए पनि ठूलाठूला ढुंगा भएकाले समस्या परेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शान्तबहादुर बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...