निर्माणाधीन घरको पिलरले किचेर बालकको मृत्यु

123434

गाईघाट, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित पुरानो गाईघाटमा आज अपराह्न छिमेकीको निर्माणाधीन घरको पिलरले किचेर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृृत्यु हुने बालक त्रिनपा–१२ की कोपिला खड्काका छ वर्षीय छोरा सन्देश खड्का रहेको प्रहरीले बताएको छ ।

आज अपराह्न १ बजेतिर बालक आफैँ छिमेकीको निर्माणाधीन घरमा गएर खेल्ने क्रममा नयाँ पिलर हल्लाएपछि घरको पिलर लडेर बालकलाई घाइते बनाएको हो ।

घाइते बालकलाई तत्काल जिल्ला अस्पताल लानेक्रममा बाटैमा मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...