ठेगाना नखुलेका एक व्यक्ति मृत फेला

Dang14

दाङ । दाङको रामपुरमा आज एक व्यक्ति मृत फेला परेका छन् ।

अन्दाजी २८ वर्षीय मानबहादुर खत्री मृत फेला परेका हुन् । मृतकको ठेगाना खुल्न सकेको छैन ।
घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए ।

अत्यधिक मदिरा सेवनका कारण खत्रीको मृत्यु भएको हुनसक्ने भन्दै बिहीबार राति खत्रीसँगै मदिरा सेवन गरेका एकजनालाई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...