भ्वाईस अफ कपिलवस्तु शुरु

Voice of kaplbastu

कपिलवस्तु । कपिलवस्तुमा पहिलो पटक रियालिटी सिंगिङ कम्पाटिसन भ्वाईश अफ कपिलवस्तु शुरु भएको छ ।

कपिलवस्तु तौलिहवाको होटल तिलौराकोट ईन्टरनेशनलले आयोजना गरेको सो भ्वाईश अफ कपिलवस्तुमा जिल्लाका ३४ जनाले सहभागिता जनाएका थिए ।

यही साउन २१ देखि कपिलबस्तु जिल्लाका विभिन्न स्थानहरुबाट सांगीतिक क्षेत्रमा रुची राख्नेहरुको सहभागिता भएको थियो ।

सो रियालिटी सिगिङ कम्पाटिसन भ्वाईश अफ कपिलवस्तुको फाइलनमा रोजिना थापा मगर, बिबेक ओझा, चादनी पाण्डे, रोहान गुप्ता, हेलिना खान, उर्मिला चौधरी, किशन लोप्चन तामाङ, इमोन थापा मगर र पूर्णिमा जिसीले भाग लिँदैछन् ।

कपिलवस्तुमा रहेका कलाकारहरुको प्रतिभालाई सम्मान गर्न र उनीहरुका गायनलाई प्रष्फुटन गराउन सहयोग पुगोस् भनेर रियालिटी सिंगिङ कम्पाटिसन भ्वाईश अफ कपिलवस्तुको अयोजना गरिएको पंक्षी प्रोडक्सन हाउस प्रालिका निर्देशक गणेश श्रीवास्तवले बताए ।

कपिलवस्तु जिल्ला सबैभन्दा पछाडि परेको जिल्लामध्ये एक हो । यहाँका कला र प्रतिभाको उजागर गर्न अहिलेसम्म उनीहरुको संरक्षण र प्रचारप्रचारका लागि कुनै गतिविधि नभएकाले रियालिटी सिंगिङ कम्पाटिसन भ्वाईस अफ कपिलवस्तुको आयोजना गरिएको कार्यक्रमका संयोजक पंकज ओझा बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...