दुर्घटनामा दुईको मृत्यु

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासी विनयी त्रिबेणी गाउँपालिकाका वर्ष २३ का हेमन्त पराई मगर र मोटरसाइलकमा सवार कावासोती–८ बस्ने वर्ष २६ का दिनेश थापा मगरको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते दुवै जनाको उपचारका क्रममा देवचुली अस्पताल दलदलेमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

दुर्घटना भएको मोटरसाइकलमा तीन जना सवार थिए । घाइते एक जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यू ३२ एफ एन २७७१ नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ८ प ८३३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...