न्यूनतम पारिश्रमिक नपाएको गुनासो

Press union dkt

धनकुटा । धनकुटामा क्रियाशील पत्रकारहरुले पत्रकारिता अहिले पनि न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् ।

नेपाल प्रेस युनियन धनकुटाले विजय दशमी, तिहार, नेपाल सम्बत, छट तथा मंसिरे चाडको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा धनकुटामा क्रियाशील पत्रकारहरुले लामो समयसम्म काम गर्दा पनि न्यूनतम् पारिश्रमिक पाउन नसकेको गुनासो गरेका हुन् ।

उनीहरुले जिल्लामा न्युनतम् पारिश्रमिक नपाएकै कारण पत्रकारहरुले विभिन्न समस्या भोग्दै आएको तितो पोखेका छन् । सो अवसरमा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष मोहन वान्तवा, पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई, आदिवासी जनजाती पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा लगायतले जिल्लाका धेरैजसो पत्रकारहरुले न्यूनतम् पारिश्रमिक पाउन नसकेको बताए ।

सो कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष धिरेन्द्रबहादुर लिम्बु, नेपाल शिक्षक संघ धनकुटाका पूर्व सचिव घनेन्द्र सुब्बा, साहित्यकार मुकुन्द्र प्रयास लगायतले पेशागत सुरक्षाका लागि पनि न्यूनतम पारिश्रमिक आवश्यक भएका बताएका थिए ।

सोही अवसरमा खेलाइएको रमाईलो हाउजी खेलमा बिनोद घिमिरेले हाउस पुल पुरस्कार र विजय सन्तोषी राई, नगेन्द्र राई र नारायणकुमार राईले अन्य पुरस्कारहरु जितेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...