मुलुकको विकासका लागि इमान्दारीता आवश्यक

Lekhak99

बैतडी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले राजनीति विकासका लागि र विकास समृद्घिका लागि रहेको बताएका छन् ।

बैतडीको सदरमुकाम गोठलापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले विकासका लागि आफू सधैँ लागिपरेको बताएका छन् ।

कार्यक्रममा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र नेपाली काँग्रेस बैतडीका सभापति तथा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले मुलुकको विकास र समृद्धिका लागि सबैले इमान्दारीपूर्वक लाग्नुपर्ने आवश्यकता औल्याएका छन् ।

आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्नेमा पनि नेता लेखकले जोड दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...