किन बिक्री भएन खाद्य संस्थानले ल्याएका खसी बोका ?

Khasi bokaa

काठमाडौं । पशु अधिकारकर्मीहरुले जतिसुकै विरोध गरे पनि दशैंमा सयौ पशुको हत्या गरिन्छ । पशुको हत्या गरेर हिन्दुहरुले दशैं मनाउँछन् । त्यही भएर सरकारले नै मासुको रुपमा प्रयोग गर्न खसी बोकाको प्रबन्ध मिलाउने गर्छ ।

अघिल्ला वर्षहरुमा सरकारी संस्थान नेपाल खाद्य संस्थानले काठमाडौं उपत्यकामा दशैंमा मासुको अभाव नहोस् भनेर खसी, बोका र च्यांग्रा ल्याउने गथ्र्याे । यो वर्ष पनि झण्डै दुई हजारको हाराहारीमा खसी, बोका र च्यांग्रा ल्याएको छ ।

संस्थानले खरिद गरेको १ हजार ८ सय ४३ वटा खसी बोका र च्यांग्रामध्ये दशैं आइसक्दा पनि सबै बिक्री हुन सकेको छैन । संस्थानले ल्याएको सबै खसी, बोका र च्यांग्रामध्ये अहिलेसम्म ८ सय ४५ खसी,बोका र ५ सय ७७ च्यांग्र्रा मात्रै बिक्री गरेको छ ।

दशैँका बेलामा मासुको मूल्य नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यका बाहिरबाट ल्याएकामा सबै बिक्री भइनसक्दा बाँकी सबै गोदाममै थन्किएका छन् ।

संस्थानले दाङ र हेटौँडाबाट १ हजार ५ सय खसी र मुस्ताङबाट १ हजार च्यांग्रा ल्याउने भने पनि बिक्री नभएपछि अरु ७ सय खसी, बोका तथा च्यांग्र्रा ल्याएको छैन ।

मुल्य कम, बिक्री शुन्य
संस्थानले ल्याएको खसी, बोका र च्यांग्राको मासु त्यसै पनि सस्तो पर्छ । अहिले बजारमा खसीको मासु ८ सय भन्दा माथि छ । तर, संस्थानले खसीको मासु प्रति केजी ४ सय ५५ तोकेको छ ।

त्यसैगरी संस्थानले प्रतिकिलो बोका ४ सय ५० र च्यांग्र्राको ६ सय ७५ मूल्य निर्धारण गरेको छ । तर, सस्तो हुँदा पनि संस्थानले ल्याएको सबै खसी, बोका र च्यांग्रा बिक्री भएका छैनन् ।

सस्तो भए पनि व्यापारी र मासुका लागि किन्ने ग्राह नआएपछि संस्थानले बिक्री गर्ने समय पनि बढाएको छ । संस्थानले ५ असोजदेखि १० गतेसम्म बिक्री वितरण गर्ने भनेको थियो ।

संस्थानले तोकेको समयमा सबै खसी, बोका र च्यांग्रा बिक्रीका लागि समय थप गरेको संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले बताए । बिक्री नभएका करिब ४ सय खसी, बोका र च्यांग्र्रा अष्टमीसम्म बिक्री गरिने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...