काठमाडौंमा आज भैरव जात्रा मनाइदै

Bhairav jatra teku

काठमाडौँ । काठमाडौँमा आज सांस्कृतिक बजागाजा र झाँकीसहित भैरव जात्रा मनाइदै छ ।
काठमाडौंं महानगरपालिका–१२ टेकुस्थित पचली मन्दिरमा आज दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष आजको दिन उक्त स्थानमा पचली भैरव जात्रा लाग्ने हुँदा काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट मेला भर्नेको घुइँचो लाग्ने गर्दछ ।

प्राचीन समयमा भैरव तिब्बतबाट नेपाल आउने क्रममा उक्त स्थानमा बास बसेको र स्थानीयवासीलाई आफ्नो दैवी शक्तिस्वरुपको रुप प्रकट गरी जमिनबाट विलय भएका कारण त्यसको स्मरणमा प्रत्येक वर्ष जात्रा निकाल्ने प्रचलन रहेको पचली भैरव संरक्षण समितिका कोषाध्यक्ष श्रीमिला सुवालले जानकारी दिएका छन ।

जात्राको तयारीका क्रममा करिब एक साता अगाडि नै मन्दिरमा राखिएको घेम्पोलाई चित्रकारले विभिन्न श्रृगांरका सामग्री राखेर सजाएका थिए । पचली भैरवलाई खटजात्रा गरी भीमसेनस्थानस्थित थकालीका लगेर ल्याउने व्यवस्था छ ।

यस क्षेत्रको संस्कृतिलाई नजिकबाट अध्ययन गरिरहेका राजनीतिज्ञ तीर्थराम डंगोलका अनुसार भैरव बास बसेको स्थानमा एकरात जागाराम बसेमा पारिवारिक शुख, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ ।

उनले कुनै समयमा नेमुनि ऋषिले समेत सोही स्थानमा आएर तपस्या गरेको जानकारी गराए । उनले मुलुकमा राष्ट्राध्यक्ष परिवर्तन भएपछि भैरवको खड्गसमेत साट्ने प्रचलन परापूर्वकालदेखि चलिआएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...