पेस्तोलसहित पक्राउ परेकालाई छुटाउन ३ घण्टा चक्काजाम

Chaudhari 7 kapilbastu

कपिलबस्तु । पेस्तोलसहित पक्राउ परेका परेका व्यक्तिको रिहाईको माग गर्दै स्थानीयले झण्डै ३ घण्टा चक्काजाम गरेका छन् ।

प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित आइतबार भारत चौधरीलाई पक्राउ गरेको थियो । उनको रिहाईको माग गर्दै स्थानीयले आइतवार दिउँसो ३ घण्टासम्म बहादुरगञ्जमा चक्का जाम गरेका थिए ।

ईलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित चौधरीलाई विहान ४ बजेतिर बुटहनियामा रहेको आफ्नै मिलबाट पक्राउ गरेको थियो ।
स्थानीयले पक्राउ परेका चौधरी कुनै अपराधिक कार्यमा संलग्न नभएको र उनी निर्देश रहेका भन्दै चक्काजाम गरेको स्थानीयको भनाई छ ।

गोप्य सुराकीका आधारमा प्रहरीको गस्ती टोलीले चौधरीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी सहायक निरीक्षक दीपेन्द्र गिरीले बताए । प्रहरीले चौधरीले प्रयोग गरेको पेस्तोल कसरी आयो भनेर अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...