महोत्तरीमा मतगणना सम्पन्न
राजपा बन्यो पहिलो
गौशाला । यही असोज २ गते २ नम्बर प्रदेशमा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतगणना जारी भईरहँदा आज महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
महोत्तरी जिल्लामा राजपा नेपालले सात स्थानमा जित हासिल गर्दै पहिलो बनेको छ ।
मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार नेकपा माओवादी केन्द्र चार स्थानसहित दोस्रो, नेपाली काँग्रेस तीन स्थानसहित तेस्रो भएका छन् । संघीय समाजवादी फोरम नेपालले पनि एक स्थानमा जीतेको छ ।
राजपाबाट जलेश्वर नगरपालिकामा रामशंकर मिश्र पाँच हजार १८०, मटिहानी नगरपालिकामा हरिप्रसाद मण्डल तीन हजार ४०३, महोत्तरी गाउँपालिकामा सुनिल राय दुई हजार ७५१, भंगहा नगरपालिकामा संजीवकुमार साह चार हजार ४७८, एकडारा गाउँपालिकामा रामछविला साह दुई हजार ३१८, पिपरा गाउँपालिकामा विनोदकुमार चौधरी दुई हजार ७७५ र मनरासिस्वा नगरपालिकामा सञ्जयकुमार सिंह चार हजार २ सय ३९ मत ल्याएर प्रमुखमा विजयी भएका छन् ।
त्यसैगरी, माओवादी केन्द्रबाट जिल्लाको बर्दिवास नगरपालिकामा विदुरकुमार कार्की नौ हजार १८७, गौशाला नगरपालिकामा शिवनाथ महतो पाँच हजार ९४४, रामगोपालपुर नगरपालिकामा अशोक मण्डल दुई हजार ९४४ र सम्सी गाउँपालिकामा फारुक शेख दुई हजार ३४८ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै, नेपाली काँग्रेसबाट औरही नगरपालिकामा सुनीलकुमार यादव तीन हजार १५९, बलवा नगरपालिकामा विनोद यादव तीन हजार ६१६ र लोहारपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव चार हजार ५२३ मत ल्याएर विजयी भएका छन् ।
संघीय समाजवादी फोरमबाट सोनमा गाउँपालिकामा राजकुमार यादव चार हजार १३२ मत ल्याएर विजयी भएका छन् ।
नेकपा एमालेले महोत्तरी जिल्लामा कुनै पनि नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा जीत हासिल गर्न सकेन ।
प्रतिकृया दिनुहोस