जर्मनीमा मतदान जारी

Jarman

बर्लिन । जर्मन नागरिकहरूले आइतबार बिहानैदेखि संघीय निर्वाचनका लागि मतदान शुरु गरेका छन् ।

मतदान बिहान ८ बजे नै शुरु भएको छ भने साँझ ६ बजेसम्म मतदान खुल्ला रहनेछ ।

जर्मन चान्सलर एङ्गेला मर्केलको लागि लागि महवपूर्ण परीक्षणका रुपमा हेरिएको यस निर्वाचनमा उनले चौँथो कार्यकालका लागि उम्मेदवारी दिए ।

निर्वाचनले मर्केलको दल क्रिश्चियन डेमोक्रेटिक यूनियन सीडीयु जर्मनीको संसद्मा सबभन्दा ठूलो दलका रुपमा रहन्छ वा अन्य कुनै शक्ति जर्मनीको राजनीतिमा हावी हुने हो जर्मनहरूले निकै व्यग्रताकासाथ हेरेका छन् ।

जर्मनीकै इतिहासमा दोस्रो विश्वयुद्धपछि पहिलो पटक जर्मन संसद ‘बुन्डेसटाग’ मा सवैभन्दा बढी दलले प्रतिनिधित्व गर्नसक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...