राजेश चाम्लिङको ‘अभ्यर्थना’ श्रोतामाझ

Rajesh 1

काठमाडौं । इलामे गायक तथा संगीतकार बीएण्डडी राजेश चाम्लिङले सांगीतिक करियरको दोस्रो एल्बम ‘अभ्यर्थना’ श्रोतामाझ ल्याएका छन् ।

राजधानीमा शनिवार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक, संगीतकार गणेश रसिक, गीतकार अशोक वान्तवा, गायक तथा संगीतकार चाम्लिङलगायतले एल्बम सार्वजनिक गरे ।

सदस्य सचिव रसिकले गायक चाम्लिङका गीतहरु मन छुने किसिमका रहेकाले आम श्रोताले यसलाई मनपराउनेमा विश्वास व्यक्त गरे ।

‘पछिल्लो समयमा म्युजिक भिडियो अनिवार्य बनिसकेको छ । एल्बममा रहेको गीत अनुसार भिडियो पनि मर्मस्पर्शी लाग्यो,’उनले भने,‘आगामी दिनमा गायकले अझ राम्रा गीतहरु ल्याउनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।’

गायक चाम्लिङले सानैदेखिको संगीत प्रतिको रुची र सांगीतिक गुरु दाजु हस्त चाम्लिङको प्रेरणाले संगीत क्षेत्रमा पाइला चालेको बताए । एल्बममा ‘मेरी आमा’, ‘डेटिङ’, ‘प्रस्ताव’ र ‘नजानी नजानी’ बोलका गीत छन् ।

गीतमा राजेश र सुयर्मा राईको शब्द छ भने डेनी निरौला र राजेशकै संगीत छ । ‘डेटिङ’ बोलको गीतमा गायिका बिना राईले राजेशलाई स्वरमा साथ दिएकी छन् ।

कार्यक्रममा ‘मेरी आमा’ र ‘डेटिङ’ गीतको भिडियो सार्वजनिक गरिएको थियो । भिडियोको निर्देशन भीमबहादुर बम्जन हुन् ।

भिडियोमा गायक राजेशसहित सुस्मिता बस्नेत र अल इन वान ग्रुपले फिचरिङ गरेका छन् ।

२०५७ सालबाट औपचारिक रुपमा संगीत शुरु गरेका राजेशले २०६८ सालमा पहिलो एल्बम ‘स्पर्ष’ बजारमा ल्याएका थिए ।

उनले हालसम्म २० वटा गीत लेखन, ६० गीतमा संगीत र ४० वटा गीतमा स्वर दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...