धितोपत्र बजार : कारोबार रकम र नेप्से परिसूचक घट्यो  

Share bazar arthasansar

 

काठमाडौँ । धितोपत्र बजारमा यस साता १ अर्ब ७९ करोड ५५ लाख ८७ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १६९ कम्पनीको ६७ लाख १५ हजार ४९० कित्ता शेयर कारोबार भएको हो ।

कारोबार रकम गत साताको भन्दा ५० दशमलव ३४ प्रतिशत कम हो । गत साता १७७ कम्पनीको ३ अर्ब ६१ करोड ५७ लाख १७ हजार बराबरका ६८ लाख ४ हजार १६० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८ दशमलव १३ अंकले घटेर अन्तिम दिन १ हजार ५३९ दशमलव ८१ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ५३ अंकले घटेर ३२३ दशमलव ११ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।

सो कम्पनीको २८ करोड ९० लाख ९० हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको २ लाख ६२ हजार कित्ता शेयर खरिद बिक्री भएका थिए ।

यस साता नेपाल स्टक एक्स्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ३ दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...