पहिरोले पुर्दा पाक्नै लागेको धानबाली नष्ट

Bajura landslide photos

जाजरकोट । गएराति गएको पहिरोले जिल्लाको कुशेगाउँपालिका वडा नं ४ मा २५ रोपनीमा लगाएको धान बाली नष्ट भएको छ ।

पाक्नै लागेको धान बाली नष्ट भएपछि किसान मर्कामा परेका छन् । स्थानीय नन्दराम जैसी, जैसरा जैसी, गीताराम जैसी, निरु जैसी, जनक हमाल, दीपेन्द्र हमालको झारखेत, पदालीमा रहेको धान रोपेको खेतमा माथिबाट आएको पहिरोले खेत पुर्दा धान बाली नष्ट भएको हो । पहिरोका कारण जैसीराम जैसीको घर जोखिममा परेको स्थानीय वीरेन्द्र आचार्यले जानकारी दिए ।

जैसीकै ३ सय भन्दा बढी विभिन्न जडीबुटीका बिरुवा पहिरोले पुरिएको छ । अर्छानीदेखि भेटुखाना, तम्ती जाने बीचमा रहेको असोजे खोलामा बाढी आएपछि बाटो बगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...