७ लाख भूकम्प पीडित अझै टहरामा, योपटकको दशैं पनि टहरामै

Vhukmp pidit

काठमाडौँ । विनाशकारी भूकम्प गएको २९ महिना पुग्न ५ दिन मात्र बाँकी हुँदा पनि ७ लाख भूकम्पपीडित अझै टहरामा बस्न बाध्य रहेका छ ।

भूकम्पले घरबार गुमाएको पीडा अझै ताजा छ पुनः निर्माणको जिम्मा पाएको प्राविधिकरणको काम भने सुस्त देखिएको छ । टहरामा बसिरहेका सात लाख भूकम्पपीडितको दशैं योपटक पनि टहरामै बित्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्दराज पोखरेलले दशैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने घोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैं सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् ।

प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार ९ सय २६ पुगेको छ ।

लाभग्राही सूचीमा परेकामध्ये सात लाखभन्दा बढी पीडितको यसपटकको दशैं टहरामै बित्ने यो तथ्यांके पुष्टि गरेको छ । प्राधिकरणको लाभग्राहीको सूचीमा ७ लाख ६५ हजार ६ सय ९८ घरधुरी सूचीकृत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...