पहिरोले कार र ट्रक पुरिदा २ मृत्यु

Muglin road

पाल्पा । पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन ।

आज बिहान करिब ९ः३० बजेको समयमा गुडिरहेको गाडीमाथि एक्कासि पहिरो खस्दा दुर्घटना भएको हो । पाल्पाबाट बुटवल जाँदै गरेको ना३ख ६१९१ नंको ट्रक र लु१च ७९९४ नंको कार पहिरोमा पुरिएको छ ।

अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ । पहिरोमा के कति मानिस पुरिए भन्ने पूरा विवरण नआएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अवरुद्ध बाटो खुलेको केही समयलगत्तै घटना भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...