एक जंगली वस्यक हात्ती मृत अवस्थामा फेला
उदयपुर । उदयपुरको बेलका नगरपालिका ८ नूनचट्टा भन्ने स्थानमा एक जंगली वस्यक हात्ती मृत अवस्थामा भेटिएको छ ।
सुनसरी र उदयपुरमा पर्ने कोसी टप्पु वन्यजन्तु आरक्षणको सिमाना पर्ने माछापुच्छ्रे सामुदायिक वन उपभोक्ता समूहको नूनचट्टामा शुक्रबार साँझ हात्ती मृत भेटिएको इलाक प्रहरी कार्यालय रामपुर ठोक्सीलाले जनाएको छ ।
मृत हात्तिको दाँतदारा काटेर लगेको अवस्थामा भेटिएको जिल्ला वन अधिृकत विष्णुप्रसाद भण्डारीले बताए ।
उनका अनुसार हात्ती मारिएको हो वा मरेको हो पोष्टर्माटपछिमात्रै जानकारी हुने छ । तर प्रारम्भिक अध्यानमा हात्ती चोरी तस्करीमा संलग्न समूहले मारेको हुन सक्ने अनुमान गरिएको वन अधिकृत भण्डारीले बताए ।
स्थानीयवासी जंगल जानेक्रममा फेला परेको मृत हात्तीको पुच्छर र दारा नभएको स्थानीयले बताए ।
स्थानीय आकृति राईका अनुसार हात्तीको पुच्छर र दारा छैन। पुच्छर र दारा निकालिएकोले तस्करको समूहले हात्ती मारिएको आशंका स्थानीयले गरेका छन् ।
हात्ती मारिएको घटना यो अहिलेसम्मकै पहिलो घटना हो । हात्ती कोशी टप्प वन्य जन्तु आरक्ष क्षेत्र आसपास बस्दै आएको थियो ।
प्रतिकृया दिनुहोस