धनुषाको नगराइन नगरपालिकामा कांग्रेस विजयी

Congress flag

जनकपुरधाम । स्थानीय तहअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

सो दलका नगर प्रमुखका उम्मेदवार परमेश्वर यादव पाँच हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी साह ४ हजार ८ सय ४९ मत प्राप्त गरी विजयी भएका हुन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेकपा (एमाले) का रामबाबु पंजियारले ४ हजार ७१ मत र राधादेवी यादवले ४ हजार १ सय ८९ मत प्राप्त गरे ।

निर्वाचन अधिकृत दानीकान्त झाका अनुसार सो नगरपालिकामा नेपाली कांग्रेस वडा नं २, ३, ५, ६ र ९ तथा एमाले वडा नं १, ४, ७ र ८ मा विजयी भएका छन् । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...