प्रदेश नं ७ मा साझा पार्टीका पदाधिकारी चयन

Sajha party

कञ्चनपुर । विवेकशील साझा पार्टी प्रदेश नं ७ को बिहिबार बसेको बैठकले प्रदेश संगठनका पदाधिकारी चयन गरेको छ ।

पार्टीका प्रदेश संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले थप पदाधिकारी चयन गरेको हो ।

प्रदेश नं ७ सल्लाहकार समितिको संयोजकमा धनबहादुर शाह, सहसंयोजकमा दिनेशराज भण्डारी, कोषाध्यक्षमा जनकराज जोशी तथा सदस्य एवं प्रवक्तामा दानबहादुर रावललाई चयन गरेको छ ।

बैठकले सदस्य तथा सचिवालय संयोजकमा मोहनराज शर्मा, सदस्यमा हरिशप्रसाद भट्ट र रोहित चौधरीलाई चयन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...