हिजै बढेको सुनको भाउ दशैँको मुखैमा घट्यो
काठमाडौँ । साताको चौथो दिन बढेको सुनचाँदीको भाउ पाँचौ दिन बिहिबार भने घटेको छ ।
बुधबार प्रति तोला ५६ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन बिहिबार ३ सयले घटेर प्रति तोला ५६ हजार २ सयमा कारोबार भइरहेको छ ।
यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४८ हजार १ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ।
प्रतिकृया दिनुहोस