माओवादी केन्द्र र फोरम नेपाल २/२ तथा काँग्रेस एक स्थानीय तहमा विजयी  

लहान । सिरहाको १७ स्थानीय तहमध्ये आज बिहानसम्ममा ५ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले २/२ र नेपाली काँग्रेसले एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।

माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिका, संघीय समाजवादी फोरम नेपालले भगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिका तथा नेपाली काँग्रेसले नवराजपुर गाउँपालिकामा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अर्नमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरीले २ हजार ४ सय ३६ मत तथा उपाध्यक्षमा सोहि पार्टीका सियावतीदेवी मुखियाले २ हजार २ सय ९९ मत प्राप्त गरी विजयी भएको जिल्ला मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका क्रमशः गंगा पासवान र ज्ञानकुमारी श्रेष्ठ निर्वाचित भएको छ । पासवानले चार हजार ३०९ मत र श्रेष्ठले ४ हजार ३ सय १३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...