मोरङको कानेपोखरीमा आगलागी, ३ को मृत्यु

उर्लाबारी । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागीमा परेर ३ महिलाको मृत्यु भएको छ । सोही ठाउँका ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा बिहिबार ३ बजे अचानक आगलागी भएको थियो ।
आगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुरकी आमा ८६ वर्षीया गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको आगोले जलेर मृत्यु भएको हो । चन्द्रबहादुर पनि घरभित्रै रहेकाले उनको शव भने फेला नपरेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए।
आगो विराटनगर, इटहरी र दमकका समेत गरी तीनवटा वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु
धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।...
तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस