‘१३ प्रतिशत जनता अझै शुद्ध खानेपानीबाट वञ्चित’ : मन्त्री यादव

काँकडभिट्टा । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले स्वच्छ खानेपानीलाई वर्तमान संविधानमा मौलिक हकका रुपमा राखिएको हुँदा सबै नेपालीमा स्वच्छ खानेपानीको पहुँच पु¥याउन वर्तमान सरकारले गम्भीर भएर काम गरिरहेको बताएका छन् ।
आज झापाको चारआली साना शहरी तथा सरसफाइ उपभोक्ता संस्थाले रु २० करोड २१ लाखको लागतमा निर्माण गरेको खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा त्यस्तो बताएका हुन् ।
मन्त्री यादवले ८७ प्रतिशत जनतामा शुद्ध खानेपानीको पहुँच पुगे पनि अझै १३ प्रतिशत जनता शुद्ध खानेपानी पिउनबाट वञ्चित रहेको बताए । यस आयोजनाबाट मेचीनगर नगरपालिकाअन्तर्गत साबिक धाइजन र दुहागढी क्षेत्रका दुई हजार ४०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने संस्थाका अध्यक्ष लालबहादुर थेवेले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, एशियाली विकास बैंककी प्रतिनिधि नीता पोख्रेल, शिक्षासेवी प्रेमप्रसाद भट्टराई, सांसद उषा गुरुङ, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सम्बन्धित समाचार
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु
धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।...
तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस