ऊर्जा मन्त्री शाही चीन प्रस्थान

Urja manri sahi

काठमाडौँ । नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ लगानीका विषयमा द्धपक्षीय तथा बहुपक्षीय छलफल गर्न ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही मंगलबार ४ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

ऊर्जा मन्त्रीको सचिवालयका अनुसार चीनमा रहँदा मन्त्री शाहीले नेपालको जलविद्युत् आयोजनामा चिनियाँ ठेकेदारले तोकिएको समयमा काम नगरेको बारेमा समेत कुराकानी गर्ने कार्यक्रम रहेको छ ।

यस्तै पश्चिम सेती, बूढीगण्डकीलगायत ठूला जलविद्युत् आयोजना निर्माण तत्काल शुरु गराउने विषयमा समेत मन्त्री शाहीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने जनाइएको छ ।

आयोजना ठेक्का लिने तर काम नगर्ने भन्दै चिनियाँ निर्माण व्यवसायीको आलोचना हुँदै आएको छ । ऊर्जा मन्त्री शाहीले थ्री गर्जेज जलविद्युत् आयोजना समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...