काँग्रेस र राजपा कार्यकर्ता बिच विवाद मतगणना रोकियो
सर्लाही । मतगणनाका क्रममा नेपाली काँग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गणनाका क्रममा काँग्रेस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको हो ।
बलरामा मंगलबार बिहानदेखि मतगणना थालिएको हो । भारतीय सीमावर्ती क्षेत्रमा बलरा संवेदनशील क्षेत्र मानिन्छ ।
प्रतिकृया दिनुहोस