ट्रक दुर्घटना चालकको मृत्यु

Accident

हेटौँडा । हेटौँडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडीमा दुर्घटना भएको छ ।

मंगलबार बिहान ३ बजे सो स्थानमा राजपथबाट ८ सय मिटर तल खसी दुर्घटना हुँदा सो ट्रकका चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको अहिले सनाखत भई नसकेको र उनको शव हेटौँडातर्फ ल्याइएको प्रहरी नायब उपरीक्षक दिलीप झाले जानकारी दिए ।

ट्रकका सहचालक मकवानपुरको थाहा नगरपालिका–१ बस्ने २५ वर्षीय अनिल बलामी गम्भीर घाइते भई थप उपचारका लागि पालुङस्थित उपचार केन्द्र ल्याई त्यहाँबाट आजै बिहान काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सो ट्रकमा अन्य यात्रु नभएको पालुङ इलाका प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...