उत्साह रुपमा निर्वाचन सम्पन्न भएकामा प्रधानमन्त्रीद्वारा धन्यवाद
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको अन्तिम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्।
प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेका हुन् ।
नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम जनताले दैनिक रूपमा देख्ने र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन गत वैशाख ३१ र असार १४ गते सम्पन्न भइसकेको छ ।
प्रधानमन्त्री देउवाले तेस्रो चरणको निर्वाचन आज असोज २ गते प्रदेश नं २ अन्तर्गत आठ जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्वक रूपमा सम्पन्न भएको उल्लेख गरेका छन् ।
'पहिलो पटक नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको छ । लोकतन्त्रमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमबाट नै हो', विज्ञप्तिमा उल्लेख छ ।
आगामी मंसिरमा हुने प्रादेशिक र संघीय तहको निर्वाचन तोकिएको समयमै स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचन सम्पन्न भइसकेपछि देश राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने
काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...
रास्वपा सभापति रवि लामिछानेलाई थुन्न म्याद थपेको थप्यै, थप १५ दिनको म्याद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की ज...
पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर...
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...
धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालि...
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी
खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण व...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस