गोपाल खड्का आयल निगमको कार्यकारी निर्देशकबाट बरखास्त

Gopal bd khadka

काठमाडौं । नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदमुक्त गरेको छ ।

कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सोमबार बसेको मन्त्री परिषद बैठकले कार्यकारी निर्देशक खड्कालाई पदमुक्त गरेको जानकारी सूचना तथा संञ्चार मन्त्री मोहन बस्नेतले बताए ।

निगममा रहँदा खड्काले पेट्रोलियम पदार्थ भण्डार गर्न जग्गा खरिद गर्दा अनियमितता गरेको प्रमाण पुगेपछि बर्खास्त गरिएको हो ।खड्कालाई निलम्बन गर्न संसदका विभिन्न ४ वटा समितिले समेत सरकारलाई सिफारीस गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...