२ मन्त्रीद्धारा मतदान

Matpetika7

 

राजविराज । संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले आज बिहान राजविराज नगरपालिकाअन्तर्गत बोरियास्थित नरेन्द्र मेमोरियल मावि मतदान केन्द्रमा मतदान गरे । सो मतदान केन्द्रमा ४ सय ३४ मतदाता रहेका छन् ।

त्यस्तै जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले पनि राजविराजस्थित बजारमा रहेको पब्लिक विन्देश्वरी उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

सो मतदान केन्द्रमा एक हजार ३ सय ६४ मतदाता रहेको र मतदाता लामबद्ध भई मतदान कार्यमा सहभागी भएका छन् ।

यसैबीच हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

राष्ट्रिय जनता पार्टी राजपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ता र उम्मेदवारबीच मतदान गर्ने विषयमा विवाद हुँदा त्यहाँको अवस्था तनाव रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । हाल त्यहाँ सुरक्षाको व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...