सुशील कोइराला बिपीको सच्चा अनुयायी : नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व सुशील कोइराला विश्वेश्वरप्रसाद कोइरालाका सच्चा अनुयायी भएको बताएका छन ।
‘सुशील कोइराला सोसियलिस्ट युथ सर्कल’को आज यहाँ उद्घाटन गर्दै उनले कोइराला सरल, सादगी, मितव्ययी र निष्ठावान् राजनीतिज्ञ भएको बताए । 'संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कोइराला नेपाली समाजका लागि अनुकरणीय व्यक्ति हुनुहुन्थ्यो,'–पौडेलले भने ।
पछिल्लो समय नेपालको राजनीति पैसामा परिणत हुँदै गएको भन्दै नेता पौडेलले पैसाको बलमा लोकतन्त्रको हत्या हुने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरे । 'पैसा नभएका तर पार्टीप्रति इमान्दाररुपमा लाग्ने कार्यकर्ताको मूल्यांकन हुन छाड्यो,'–उनले भने ।
मुलुक र लोकतन्त्रको सम्मान गर्ने हो भने राजनीतिक क्षेत्रलाई सम्मानित बनाउनुपर्ने उनको भनाइ थियो । नेता पौडेलले कम्युनिस्टसँग पैसा भन्दापनि सिद्धान्तका आधारमा प्रतिस्पर्धा गर्नु जरुरी रहेको उल्लेख गरे ।
काँग्रेसका नेता डा रामशरण महतले मुलुक र प्रजातन्त्रका लागि जीवनभर चिन्ता गर्ने व्यक्ति स्व सुशील कोइराला भएको बताए । उनले स्व कोइराला सत्ताप्राप्ति भन्दापनि लोकतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भनेर कटिबद्ध रहने व्यक्ति भएको बताए ।
पूर्वअर्थमन्त्री डा महतले पछिल्लो समय मुलुकमा भ्रष्टचार मौलाउँदै गएको भन्दै यसलाई रोक्नका लागि युवाहरुले सोसियलिस्ट युथ सर्कलको माध्यमबाट आवाज उठाउनु जरुरी रहेको बताए ।
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष उर्मिला थपलिया, कोषाध्यक्ष शिव रिमाल, पूर्वमहामन्त्री मनोजमणि आचार्य, पूर्वसहमहामन्त्री नीलकण्ठ रिजाललगायतले पछिल्लो समयमा नेपाली राजनीति पैसाको बलमा चल्दै आएको भन्दै स्व कोइरालाको इमान्दारीबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।
स्व सुशील कोइरालाले नेपालमा लोकतन्त्रको विकास र विस्तारका लागि खेलेको भूमिका र उहाँको आदर्शलाई युवाहरुमार्फत आम जनतामाझ पु¥याउन उक्त सर्कलको स्थापना गरिएको सर्कलका अध्यक्ष ताराबहादुर थापाले जानकारी दिए ।
सम्बन्धित समाचार
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु
धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।...
तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस