‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार’ पौडेललाई

पोखरा । प्रजातन्त्रका सेनानी स्व ‘दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, २०७४’ बाट अग्रज पत्रकार पुण्य पौडेललाई सम्मानित गरिने भएकोछ ।
स्व दयाशंकर पालिखेका परिवारद्वारा स्थापित एवं नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित सो पुरस्कारको राशि रु ३३ हजार ३३३, दोसल्ला र सम्मानपत्र रहेको छ ।
दुई दशकदेखि लगातार पत्रकारितामा क्रियाशील पत्रकार पौडेल ‘पोखरापत्र राष्ट्रिय दैनिक’का प्रधानसम्पादक हुन् ।
प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीको संयोजकत्वमा गठन गरिएको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा पत्रकार महासंघको बैठकले पौडेलको नाम अनुमोदन गरेको हो ।
यसैगरी नेपाल पत्रकार महासंघद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ युवा तथा क्रियाशील पत्रकार माधव पनेरुलाई प्रदान गरिने भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका–५का बासिन्दा स्व टंकादेवी तुल्सीप्रसाद कोइरालाका परिवारजनबाट स्थापित सो पुरस्कारको राशि रु २० हजार नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित एवं ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ क्रियाशील पत्रकार सरिता तिम्सिना पंगेनीलाई प्रदान गरिने भएको छ ।
सो पुरस्कारको राशि रु ११ हजार १११, दोसल्ला र सम्मानपत्र रहेको छ ।
‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार’ यही असोज ७ गते, ‘टंकादेवी तुलसीप्रसाद कोइराला स्मृति’ र ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ एक समारोहबीच प्रदान गरिने महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित समाचार
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु
धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।...
तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस