डडेल्धुरामा विपद् जोखिम न्युनिकरण परियोजना संचालन हुने

Dadeldhura district

डडेल्धुरा । डडेल्धुरामा महाकाली नदी समावेशी समुदायमा आधारित विपद् जोखिम न्युनिकरण कार्यक्रम लागू हुने भएको छ ।

अमेरिकन रेडक्रसको साझेदारी तथा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डडेल्धुराले उक्त परियोजना संचालन गर्न लागेको हो । जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी उक्त परियोजनाको लक्ष्य उद्देश्य, गतिविधि तथा संचानलन प्रकृयाको बारेमा जिल्लास्थित सरोकारवालाहरुलाई जानकारी दिइएको छ ।

समावेशी विपद् जोखिम न्युनिकरण विधिको माध्यमद्धारा उत्थाशिलतामा वृद्धि गर्ने, समुदायस्तरका व्यक्तिहरुले त्यहाँको जोखिमलाई विश्लेषण गरी जोखिमबाट कसरी मुक्त हुन सकिन्छ भन्ने विषयमा योजना बनाई काम गराउने, विपद् जोखिम न्युनिकरणको क्षेत्रमा काम गर्ने जिल्ला शाखा, उपशाखाहरुको क्षमता अभिवृद्धि गर्ने, विपद्का बारेमा विद्यालयलाई बिद्यार्थीहरुलाई सुसूचित गराउने र विपद् जोखिम न्युकिरणका विषयमा योजना बनाई पारीवारीक र समुदायस्तरमा भूमिका निर्वाह गराउने परियोजनाको उद्देश्य छ ।

महाकाली नदी समावेशीमा आधारित परियोजना तराईको जिल्ला कञ्चनपुर र पहाडी जिल्ला डडेल्धुरामा संचालन हुनेछ । कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली नगरपालिकामा परियोजना संचालन हुनेछ भने डडेल्धुराको परशुराम नगरपालिका र भागेश्वर गाउँपालिकामा गरी दुवै जिल्लाको तीन नगरपालिका र एक गाउँपालिकामा परियोजना लागू हुँदैछ । सो परियोजना २०१९ जुन ३० सम्म संचालन हुने जनाइएको छ । परियोजनामा पहिलो वर्ष १ करोड २९ लाख बरावरको लगानी रहेको नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालय अन्तरगत विपद् व्यास्थापन विभागका अनुगमन तथा मुल्यांकन अधिकृत शेखर रेग्मीले बताए ।

विपद्को उच्च जोखिममा रहेका परशुराम नगपालिकाका ८ र भागेश्वर गाउँपालिकामा पर्ने रुपालका २ वटा सकंट्टासन्न समुदायलाई लक्षित गरि परियोजना लागू गरिने भएको हो ।

परशुरामको वडा नं. ४ को रजेउडा टोल, वडा नं. ५ को शिद्धनाथ र आदी वन सामुदायिक वन क्षेत्र, वडा नं ६ को छेला, कुणा, ठन्नजाला, सर्गुण, सिमलखेत, बन्डटोल, तातोपानी र चन्दनी, वडा नं ७ को सादनी र वडा नं १२ को शिद्धपान क्षेत्रमा परियोजना लागू हुने भएको छ । यस्तै भागेश्वर गाउँपालिकाको वडा नं १ का सौनियाँ, सुकाली खेत, सयल, लौड र चुलाखेतमा परियोजना लागू हुनेछ ।

यस्तै समुदाय नजिकका ७ वटा विद्यालयललाई समेत परियोजनाले समेट्ने नेपाल रेडक्रस सोसाईटी केन्द्रीय शाखाका कार्यक्रम संयोजक डम्बर बिष्टले बताए । परियोजनाबाट प्रत्यक्ष ४ हजार र अप्रत्यक्ष रुपमा ३४ हजार व्यक्तिहरु लाभान्वित हुने छन् ।

नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र ऐरले डडेल्धुरा विपद्को उच्च जोखिममा रहेको तर हामीले निर्माण गरेका अधिकांस भौतिक संरचनाहरु बलियो नभएको बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...