प्रदेश नं २ को निर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग
सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान,२६ लाख ६४ हजार ९५० जना मतदाता

काठमाडौँ । निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहका साथ भइरहेको, मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
तेस्रो चरणमा प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । उक्त निर्वाचनका लागि ती जिल्लामा तीन हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ ।
प्रदेश नं २ का १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि २६ लाख ६४ हजार ९५० जनालाई मतदान गर्ने अधिकार छ ।
विगतका निर्वाचनमा राष्ट्रिय औशत बदर मतभन्दा प्रदेश नं २ का जिल्लामा धेरै मत बदर हुने गरेको तथ्यांकका आधारमा आयोगले यसपटकको निर्वाचनमा मतदाता शिक्षामा बढी जोड दिँदै आएको छ ।
त्यस प्रदेशका स्थानीय तहका विभिन्न पदका लागि ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ । बदर मतसंख्या घटाउन प्रत्येक मतदान केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ता र कर्मचारीले मतदाता परिचयपत्र लिन आउने मतदातालाई सहीरुपमा मत संकेत गर्न सिकाइरहेको आयोगले जनाएको छ ।
त्यसका लागि मतदाता स्वयं नै मतदान केन्द्रमा उपस्थित भई मत संकेत गर्ने जानकारी लिने तथा परिचयपत्र बुझ्ने व्यवस्था मिलाएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
अधिकांश मतदान केन्द्रमा मतदाता परिचयपत्र लिन आउने र सहीरुपमा मतसंकेत गर्न सिक्ने मतदाताको भीड लागेको आयोगले जनाएको छ ।
स्थानीय भाषामा स्थानीय एफएम रेडियोमार्फत निर्वाचनको प्रचारप्रसार गर्ने तथा गैरसरकारी संघसंस्था र राजनीतिक दलका युवा संगठनलाई पनि मतदाता शिक्षामा सहयोग गर्न आयोगले अपिल गर्दै आएको छ । सडक नाटकमार्फत पनि मतदाता शिक्षा प्रदान गरिएको छ ।
त्यस्तै अघिल्ला निर्वाचनको अनुभवका आधारमा तेस्रो चरणको निर्वाचनको मतगणनालाई चुस्त र व्यवस्थित तुल्याउने कार्ययोजना पनि आयोगले बनाएको छ ।
मतगणनाका लागि आवश्यकताअनुसार १२ टोलीसम्म गठन गर्ने र भरसक पाँच दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने सोच अघि बढाएको छ । त्यसका लागि आवश्यक मतगणना स्थलको व्यवस्था गर्न र प्रत्येक मतदाताको मतको पूर्ण सुरक्षा हुनेगरी सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिइसकेको छ ।
सम्बन्धित समाचार
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु
धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।...
तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस