नेपाल–भारत सीमा नाका ७२ घन्टाका लागि बन्द

Simanaka

राजविराज । तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सप्तरी जिल्लास्थित नेपाल–भारत सीमा आजबाट ७२ घन्टाका लागि बन्द गरिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि आजदेखि असोज २ गते सोमबारसम्म ७२ घन्टाका लागि सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ ।

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त दुरुस्त र सुदृढीकरण समेत बनाइएको उनले आज जानकारी दिएका छन ।

जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका १८ वटै स्थानीय तहमा नेपाली सेना, नेपाल प्रहरी, शासस्त्र प्रहरी तैनाथ गरिएको जानकारी दिँदै उनले सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका सुरक्षा फौजले संयुक्तरुपमा जाँच गरिरहेको प्रजिअ पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...