दूधकोशी र सुनकोशी पुलले विकासको ढोका खोलियो : प्रधानमन्त्री
उदयपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डीगढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको शनिबार एक समारोहकाबीच शिलान्यास गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री देउवाले सो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताए । उनले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाई समेत उक्त पुलले भविष्यमा ठूलो टेवा पु¥याउने र यसलाई अब सबैले सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे ।
उक्त पुलको लम्बाइ २०० मिटर रहेको छ भने चौडाइ साढे दश मिटर रहेको चौदण्डी पर्यटन विकास समितिका अध्यक्ष रोहित तामाङले बताए ।
उक्त पुल राष्ट्रिय योजना आयोगको रु २२ करोड २५ लाखको लागतमा निर्माण हुनगइरहेको छ भने पुलको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौँले निर्माण कार्य शुरु गर्न लागेको हो ।
२०७६ साल चैतमा उक्त पुलको निर्माण कार्य पूरा हुने बताइएको छ । उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले समेत सम्बोधन गरेका थिए ।
आजै प्रधानमन्त्री देउवाले उदयपुरको त्रियुगा नगरपालिका १४ को खाँबुको धाप्लाङटार खोटाङ सडकखण्डको सुनकोशी नदीमापर्ने अर्को सुनकोशीको पुलको पनि शिलान्यास गर्न लाग्नु भएको कुरा नेपाली काँग्रेस उदयपुरका पूर्व सभापति हिमाल कार्कीले बताए ।
सम्बन्धित समाचार
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु
धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।...
तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस