अबको १ घण्टापछि मौन अवधी सुरु हुँदै

के के गर्न हुँदैन मौन अवधीमा ?

Nirwachan aayog

काठमाडौं । अबको १ घण्टापछि प्रदेश नं. २ मा हुने निर्वाचनमा मौन अवधी सुरु हुँदैछ । आगामी असोज २ मा हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि अबको १ घण्टापछि मौन अवधी सुरु हुन लागेको हो ।

निर्वाचन आयोगको आचारसहिंता अनुसार मतदान सुरु हुने ४८ घन्टाअघि मौन अवधि सुरु हुन्छ ।

विहिबार राति १२ बजेपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगतले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइने छैन ।

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भएअनुसार, मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत नमाग्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

मौन अवधीमा यी काम गर्न मिल्दैन
स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६९ अनुसार मौन अवधिमा उम्मेदवारहरुले निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाउने छैनन् । त्यति मात्र नभएर मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका प्रचार र प्रसारका सामग्री हटाइ सक्नुपर्ने हुन्छ ।

मौन अवधीमा कुनै पनि राजनीतिक दलहरुका नेताहरु, सर्वसाधारण, समर्थक वा कसैले पनि कसैको पक्षमा मत माग्न पाउँदैन । मौन अवधीमा सभा सम्मेलन त गर्न पाईदैन नै, त्यसको अलावा सामाजिक सञ्जालबाट समेत मत माग्न पाइँदैन ।

उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग, बिक्री वा प्रदर्शन गर्न पनि मौन अवधिमा निषेध गरिएको छ ।

नियम तोडे के हुन्छ ?
निर्वाचन आयोगले मौनअवधि उल्लंघन गरेको या मौनअवधि तोडेको भेटे सामान्यतया निर्वाचन आचारसंहिता उल्लङघन सम्बन्धि कारबाही गर्नेछ । कसैले पनि मौनअवधि विपरित काम गरे सुरुमा स्पष्टिकरण सोध्ने र एक लाखसम्म जरीवाना गर्न सक्ने छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार हदै भएको खण्डमा भने निर्वाचन कसुर सजाय ऐन आकर्षित गरेर कारवाहीसमेत गर्न सक्ने छ । यो ऐन आकर्षित भए १ लाख जरिवाना, उम्मेदवारी रद्द या यस्तो उजुरी परे निर्वाचन जितेपछि पनि मान्यता नदिने अधिकार पनि प्रयोग हुन सक्ने छ ।

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भएअनुसार, मौन अवधिमा आचारसंहिताको पालना गर्न उक्त समयमा निषेधित गरेका काम कसैले गरे या भए कारवाहीबाट आयोग पछि नहट्ने चेतावनी दिएको छ ।

यसरी हुन्छ अनुगमन
आयोगले मौन अवधिमा सभा सम्मलेन र बाहिरी कार्यक्रम नगरे पनि सोसल मिडियाबाट उम्मेदवार वा पार्टीले गर्न सक्ने प्रचारप्रसारलाई ध्यानमा राखेर विशेष संयन्त्र परिचालन गरेको छ । त्यसका लागि आयोगले छुट्टै ‘मिडिया मोनिटरिङ टोली’ गठन गरेको छ ।

त्यसका अलावा निर्वाचन आयोगले जिल्ला र स्थानीय तहमा खटिएका आयोगका प्रतिनिधिमार्फत पनि अनुगमन गरिरहेको हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...