भक्तपुरमा आजबाट ‘हाम्रो दशैं मेला’ सुरु

Untitled 1.tif

भक्तपुर । दशैंको अवसर पारेर भक्तपुरमा शुक्रबारदेखि हाम्रो दशैं मेला सुरु भएको छ । सल्लाघारीस्थित मैदानमा सुुरु भएको मेला विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहोराले उद्घाटन गरेका थिए ।

चन्द्र सूर्य इभेन्ट प्रा.लि.ले आयोजना गरेको मेला शुक्रबारबाट असोज ५ गतेसम्म संचालन हुनेछ । मेलामा भक्तपुरको कला संस्कृतिका साथै स्थानिय उत्पादनदेखि विभिन्न देशी बिदेशी उत्पादनहरु रहेका छन् भने, सांस्कृतिक झाँकि प्रहसन का साथै मेला अवधिभर नेपालका चर्चित गायक गायिकाका साथै हाँस्य कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गर्ने मेला संयोजक रोजिन मिश्रले बताए ।

स्थानीय उत्पादन प्रमुख रहने मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल छन् । मेलामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री र पर्यटन प्रवद्र्धन गर्ने स्टल छन् ।

उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको उनले बताए ।
मेलामा विद्यार्थीको लागी प्रवेश शुल्क बिद्यार्थीहरुलाई ३० र अन्य सर्वसाधारणको लागि ५० रुपैँया तोकिएको छ । जेष्ठ नागरिक र ५ बर्ष मूनिको हकमा निःशुल्क प्रवेशको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

उक्त मेलामा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे लगायतकाले अवलोकन गर्ने आयोजकले जनाएको छ । करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने तथा २५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । मेलामा १ सय १३ स्टल रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...