दशैँ राम्रो लाहुरे घर आउनाले गीत सार्वजनिक

Dasai

काठमाडौ । नेपालीको महान् पर्व दशै सम्बन्धी दशैँ राम्रो लाहुरे घर आउनाले लोकदोहोरी गीत सार्वजनिक भएको छ ।

गीतमा गायक माधव थापा, गायिकाहरु चिनु घर्ती र तारा थापाले स्वर दिएका छन् । गीतलाई सुनाखरी मल्टि मिडिया प्रालिले बजारमा ल्याएको हो । गीतमा लय र शब्द थापाकै रहेको छ ।
गीतको भिडियोमा रीना थापा, दीपक बस्नेत, विदुर चापागाईं र नमराज ढुंगानाको अभिनय रहेको छ ।

दशैँसम्बन्धी छोरा नामक अर्को लोक तथा दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्ण रसाइलीको स्वरमा रहेको उक्त गीतमा गायक विरही कार्कीको शब्द र लय रहेको छ ।

गीतको म्युजिक भिडियोमा मोहन निरौला, विद्या कार्की, लिला गिरी, मोहनसिंह जिपी, विशाल कार्कीलगायतको अभिनय रहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...