काँग्रेस उम्मेदवार झाको घरमा लाखौँको चोरी

Chorr thief1

राजविराज । सप्तरीको राजविराज–१ बाट नेपाली काँग्रेसका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको छ ।

राजविराज नगरपालिका–१, पडरिया निवासी झा सोही वडाका लागि यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षका उम्मेदवार हुन ।

मंगलबार राति जितिया पर्वको अवसरमा घरका सबै सदस्य छिमेकमा भइरहेको नाच हेर्न गएको बेला मौका छोपेर चोरले घरको मुख्य द्वारमा लगाइएका तीनवटा ताला तोडेर चोरी गरेको पीडितले जनाएका छन ।

झाको घरबाट नगद रु एक लाख, १० तोला सुन, एक किलो चाँदी र एउटा एपल मोबाइललगायतका सरसमान चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता चोरी गर्ने गिरोहको तीव्ररुपमा खोजी कार्य भइरहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...