एनआरएन बेलायतमा एलबिजेट गुरुङ विजयी

Lbz (1)

काठमाडौँ । सेप्टेम्बर ९ मा भएको गैरआवासीय नेपाली संघ बेलायतको चुनावमा एलबिजेट नामले चिनिएका युवा लालबहादुर गुरुङ युवा संयोजक पदमा अत्याधिक मतका साथ विजयी भएका छन् । एक पदका लागि युवा संयोजकमा ४ जनाको उम्मेदवारी परेको थियो ।

लालबहादुर गुरुङले १३ सय ५ मत ल्याएर विजयी भएका हुन् । उनका ३ प्रतिस्पर्धी कुमार थापाले ९ सय ८७, विरेन्द्र श्रेष्ठको ६ सय २५ र राजन खकुरेलले ८ सय ९६ मत पाएका थिए । लालबहादुर गुरुङले आफूलाई मत दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।

गैरआवासीय नेपाली संघ बेलायतका नवनिर्वाचित युवा संयोजक गुरुङ टिडवर्थ नेप्लिज कम्युनिटीका अध्यक्ष तथा सहारा युकेका मेडिया सेक्रेटरीसमेत हुन् ।

आधा दर्जन संस्थामा क्रियाशिल गुरुङ बेलायतमा रहेका नेपालीसामु निकै चर्चित व्यक्ति हुन् । गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...