भ्याकुल लोडरमा आगजनी गरी नष्ट

Agjani

गौशाला । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–२ स्थित हङकङ डाँडास्थित गोपाल खड्काले सञ्चालन गरेको कङ्क्रिट उद्योगमा रहेको ६० लाखको भ्याकुल लोडरमा गएराति अज्ञात व्यक्तिले आगजनी गरी नष्ट बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति करिब ११ बजे अज्ञात समूहले सो कङ्क्रिट उद्योगमा गएर त्यहाँ रहेका ६० लाख मूल्य पर्ने भ्याकुल लोडरमा आगजनी गरी पूर्णरुपमा क्षतिग्रस्त बनाएको हो ।

प्रहरीको टोलीले घटनाबारे अनुसन्धान थालिसकेको तथा आगजनी गर्नेहरुको व्यापक रुपमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...